सप्तरीमा नक्कली मतदाता पक्राउ

Posted on: 18 Sep, 2017

असोज २, सप्तरी। प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो 

। 

सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!