सप्तरीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Posted on: 24 Sep, 2017

असोज ८, राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीया आशादेवी साह रहेको इलाका प्हरी कार्यालय कल्याणपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प ४४१० नंको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!