एकातिर हात, अर्कोतिर खुट्टा र टाउको समेत छुट्याएर महिलाको विभत्स हत्या !

Posted on: 21 Nov, 2017

मंसिर ५, सप्तरी | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । हत्याराले हत्या गरेर ति महिलाको टाउको छुट्याई, एकातिर हात, अर्कोतिर खुट्टा गरेर शरीरका विभिन्न अंग काटेर छुट्याईदिएका छन् । 

प्रहरीले हत्या भएकी महिलाको टाउको, हात खुट्टा र अन्य टुक्रा यत्रतत्र छरिएको ठाउँबाट शंकलन गरेको थियो । घटनाको प्रकृति हेर्दा हत्याराले आफुलाई हत्याको आरोपबाट जोगाउनको लागि मरेका पशुचौपाया फाल्ने गरीएको स्थानमा हत्या गरि फालेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले कोशी किनारको एकान्त स्थान महिलाको शव विभत्स अवस्थामा भेटेको थियो । महिलाको सनाखत भने हुन सकेको छैन । प्रहरीले हत्या भएकी महिलाको उमेर करिव ३०/३२ बर्ष जस्तो भएको जनाएको छ  । 

जनावरहरुले लुछेर शव यत्रतत्र छरिएको अवस्थामा झाडी बाहिर महिलाको खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए  । प्रहरीले महिलाको हत्या बारे अनुसन्धान सुरु गरेको जनाएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!