सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई जना पक्राउ

Posted on: 28 Nov, 2017

मस्निर १२, राजविराज | (रासस) | नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले आज बिहान फेला पारी निष्क्रिय पारेको छ । 

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो । 

पक्राउ परेकाबाट बताइएअनुसार राखिएको स्थानमा रहेको बम नेपाली सेनासहितको टोलीले निष्क्रिय पारेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । 

उनीहरुको साथबाट बम पड्काउने अत्याधुनिक रिमोट कन्ट्रोलका साथै करिब पाँच लिटरको प्रेसरकुकरमा बम राखिएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटन गराउने योजना रहेको हुनसक्ने प्रहरीको आशंका छ । 

पक्राउ परेका अभियुक्तलाई नियन्त्रमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!