सप्तरीमा पिपिआर रोग फैलदा बाख्रा मर्न थाले

Posted on: 14 Mar, 2018

फागुन ३०, लहान | विगत एक महिनादेखि सप्तरीको शम्भुनाथ नगरपालिका–१ र २ मा फैलिएको पिपिआर रोगका कारण बाख्रा मर्न थालेका छन् । 

फागुनको पहिलो सातादेखि फैलिएको पिपिआर रोगका कारण हालसम्म १०० भन्दा बढी बाख्रा मरेका छन् । शुरुमा बाख्राले पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने र अन्तिममा मृत्यु हुने गरेको स्थानीय इनुस मियाँले बताउनुभयो । 

शम्भुनाथ नगरपालिका–१ मा ६० भन्दा बढी बाख्रा मरेका छन् । वडा नं २ मा पनि पिपिआर रोगका कारण ठूलो संख्यामा बाख्रा मरेका मियाँले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!