सप्तरीमा बस दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भीर

Posted on: 30 Aug, 2018

भदौ १४, राजविराज | सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । 

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!