सप्तरीमा मोटरसाइकलको ठक्‍करबाट एकको मृत्यु, एक गम्भीर घाइते

Posted on: 15 Oct, 2018

असोज २९, राजविराज | सप्तरीमा मोटरसाइकलको ठक्‍करबाट एक साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा  सप्तकोशी नगरपालिका- ७ का २५ वर्षीय किसुन सदाको मृत्यु भएको छ।

कञ्चनरुपबाट फत्तेपुरतर्फ जाँदै गरेको स.८प ६१३२ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।

घाइते सदाको उपचारको क्रममा बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तकोसी ८ का ३० वर्षीय बिक्की झा समेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते झाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!