सप्तरीमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

Posted on: 14 Dec, 2018

मङ्सिर २८, सप्तरी | सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर ४ फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

कदमाहा चोकस्थित पूर्व पश्चिम राजमार्गबाट २ सय मिटर उत्तरतर्फ अन्दाजी २२ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको शव नजिक छेउमा गहुँमा छर्किने विषादी फेला परेको बताउनुभयो ।


त्यस्तै एउटा मोबाइलसमेत फेला परेको एसपी विष्टले जानकारी दिनुभयो ।  महिलाको मृत्यु वा हत्या के भएको हो भन्ने प्रस्ट नभएको तथा घटनाको थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिनुभयो । 

मृतक महिलाको शव पोष्टमार्टमसका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!