अपाङ्गता भएकी २० वर्षीया युवती बलात्कृत

Posted on: 23 Feb, 2019

फागुन ११, सप्तरी | बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । 

कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!