सप्तरीमा आगलागीबाट एक घर जलेर नष्ट

Posted on: 13 May, 2019

वैशाख  ३०, सप्तरी | खड्क नगरपालिका–७ मा सत्यनारायण अग्रवालको घरमा आज आगलागी भएको छ । घरको तल्लो तलामा रहेको गोयल वस्त्रालय पसलमा पूजा गर्न बालेको दियोबाट सल्केको आगोले घरसहित नगद र  लत्ताकपडा गरी रु ६० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो वारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!