भैँसी चोरी गर्दै गरेको अवस्थामा तीन पक्राउ

Posted on: 22 Oct, 2019

कात्तिक ५, सप्तरी | सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । 

भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । 

तश्वीरमा: सप्तरीको रुपनी गाउँपालिका १ रामपुर निवासी विशेश्वर यादवको गोठबाट भैँसी चोरेकोे आरोपमा पक्राउ परेका तीन जना आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै । तस्वीर: अरुण कुमार यादव

सो क्रममा खोजतलास गर्दै जाँदा ज१च १२०१ नंको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!