सप्तरीमा स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

Posted on: 05 Mar, 2020

फागुन २२, सप्तरी | सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ |

मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए | बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए | सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो | 

ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!