बाल विवाहको अभियोगमा बेहुला-बेहुली पक्राउ

Posted on: 19 Jan, 2021

माघ ६, सप्तरी । सप्तरीको हनुमान नगरमा बाल विवाह गरेको आरोपमा ४ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको कंकालिनि नगरपालिका-१४ रामपुरका १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला, ४३ वर्षीय बिनोद सुतियार,सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!