भदौ १८, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनु
Read Moreभदौ १३, सप्तरी | सप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् । आरो
Read Moreभदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले
Read Moreसाउन ३२, सप्तरी । तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन शुरु
Read Moreसाउन १९, काठमाडौँ । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो व
Read Moreसाउन ९, सप्तरी | दुई दिनको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले बगाएर बेपत्ता पारिएको एक युवक अझै फेला परको छैन । सप्तरीको रुपनी गाउँपालिका–११ का मोहम्द सलामतका ३४ वर्षीय छोरा मोहम्द नसिर मियाँलाई खाँडो खोलाले बुधबार बगाएको थियो । बाढीले बगाएर खोलामा ल्याएको दाउरा निकाल्न खोज्द
Read Moreसाउन ८, सप्तरी | सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । दुई दिनदेखिको वर्षाल
Read Moreसाउन ७, सप्तरी | आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।&nb
Read Moreअसार ३०, इनरुवा | सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको प
Read Moreअसार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति
Read Moreअसार २९, सप्तरी | पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्ष
Read Moreअसार २२, सप्तरी | एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा
Read Moreअसार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
Read Moreअसार १९, सप्तरी | इन्सेक सप्तरीले सन २०१९ को ६ महीनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६
Read Moreअसार १७, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरीद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो । सांसद साझेदारी कार्यक्रमअन्तर्गत रु ५६ लाख २६ हजार ५०० मा
Read Moreअसार १५, सप्तरी | प्रदेश नं २ सरकारले शहीद र बेपत्ता परिवारलाई भेदभाव गरेको शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले आरोप लगाएको छ । देश र जनताका लागि शहीद हुनेहरु कुनै अमुक पार्टीको नहुने तर्क गर्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीका अध्यक्ष रीता चौधरीले प्रदेश नं २ सरकारले शहीद, बेपत्ता र घाइत
Read Moreअसार १४, राजविराज । भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उप
Read Moreअसार १३, सप्तरी |सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डे
Read Moreअसार ११, सप्तरी (रासस) | राजविराजमा भएको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत
Read Moreअसार ११, जनकपुरधाम । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षा
Read Moreअसार १, जनकपुरधाम । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट) को अनुमान आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो । बजेटमा गरीब, अतिविपन्न अल्पसङ्ख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि
Read Moreजेठ ३२, राजविरज (रासस) | राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताउनुभयो । चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको
Read Moreजेठ ३१, सप्तरी । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उहाँकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपाल
Read Moreजेठ ३०,इटहरी | अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ ।आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विष
Read Moreजेठ २३, सप्तरी । पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन् । सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको स
Read Moreजेठ १९, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरील
Read Moreजेठ १७, धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आइतबार ल्याउने तयारी गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमु ख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रमबारे आज जानकारी गराउनुभएको हो । चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदे
Read Moreजेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो
Read More