रिजवनको प्रस्तुति 'पुर्णिमाको जुन बनि...' युटूवमा

Posted on: 01 Aug, 2017


साउन १७, काठमाडौँ | सप्तरीको लौनिया ८ मा जन्मिएर नव गायकको परिचय बनाउने क्रममा रहेका रिजवन खानको आफ्नो पहिलो प्रस्तुति 'पुर्णिमाको जुन बनि तिमी' बोलको गीत युटुबमा हेर्न सकिन्छ । 

काठमाडौँको एक्टिभ कलेजमा स्नातक अध्ययनरत रिजवनले पहिलो गीत भएकाले यस गीतबाट गायन क्षेत्रमा धेरै कुराको ज्ञान हाँशिल गरेको बताए । उनले यही गीतको प्रेरणाले आगामी दिनमा थप राम्रो प्रस्तुति दिने बताए । 

रिजवनको पहिलो गीत नेपाली भाषामा आइसकेको भएपनि अब उनले छिट्टै बजारमा नयाँ प्रस्तुतिहरु दिने तयारी गरेका छन् । जसमध्य छिट्टै मैथिली भाषाको एल्बममा उनले ६ वटा गीत पस्कने तयारी छ । साथै नेपाली भाषामा भिडियो सहितको 'हिउँचुलीमा हिउँ झर्यो फरर' बोलको म्युजिक भिडियोको तयारी रहेको छ । 

बिभिन्न भाषामा अब्बल रिजवनले नेपाली सहित मैथली, भोजपुरी, हिन्दि र उर्दु लगायतको भाषामा गीत गाउन सक्ने खुबी रहेको सुनाए । 

हेरौं उनले गाएको गीत/साथमा रिजवन आफै  अभिनित भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!