सर्लाहीमा अबैध कपडासहित दुई जना प्रहरी फन्दामा

Posted on: 28 Jul, 2017


सरोज यादव/साउन १३, सर्लाही । सर्लाहिको त्रिभुवननगर नाका बाट भन्सार छली गरि  ल्याउदै गरेको ३ लाख ५० हजार बराबरको लताकपडा  शुक्रबार सर्लाही प्रहरीले विशेष सुराकीको अधारमा पक्राउ गरेको छ । 

प्रहरीले कपडा संगै शुक्रवार बिहान ३ बजे  सर्लाही ब्रहम्पुरी गाउँपालिका १ बस्ने  बिजय यादवको २६ वर्षीय छोरा गौरी शंकर यादव र भारतको सोन्बर्षा बस्ने ब्रहमदेव पासवानको २३ वर्षीय छोरा विजय पासवानलाई अवैध लता कपडा सहित जिल्ला प्रहरीको टोलिले पक्राउ गरेको हो ।

दिनप्रतिदिन यस्तै अबैध कामहरु भैरहेकाले पक्राउ परेका व्यक्तिलाई कुनै पनि हालतमा छाड्न नमिल्ने प्रहरी निरिक्षक पुरुषोतम कार्कीले बताउनु भयो । 

पक्राउ परेको लत्ता कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाईएको छ । पक्राउ परेका दुवै जनामाथि थप कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!