मन्त्रीले उस्काउँदा मन्त्री र सचिवबीच कुटाकुट भएको खुलासा

Posted on: 16 Feb, 2019

फागुन ४, जनकपुर | उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवके उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच सिद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ ।

पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार परेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । 

स्रोतका अनुसार मन्त्री सचिवबीच टकराव र कुटाकुट अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख छ । 

- यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!