सर्लाहीमा वैदेशिक रोजगारी छात्रवृत्तिका लागि ७ लाख निकासा

Posted on: 24 Jul, 2017

साउन ९, काठमाडौं । सर्लाहीमा वैदेशिक रोजगार छात्रवृत्तिका लागि ७ लाख ३२ हजार रुपैयाँ निकासा भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जिल्लाका ८७ जनाका लागि छात्रवृत्तिको रकम निकासा गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पठाएको पत्रमा घटनाको प्रकृतिका आधारमा ८ हजार देखि १२ हजार रुपैयाँसम्म निकासा गरिएको उल्लेख छ । 

बोर्डले करार अवधिभित्र ज्यान गुमाएका कामदारका निम्न माध्यमिक तहमा पढ्ने सन्तानलाई आठ हजार रुपैयाँ र माध्यमिक तहमा अध्ययनरतलाई १२ हजार रुपैयाँ दिने गरेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!