दिपावली र छठपुजा नजिकिएसँगै बाँस र माटोका सामाग्रीहरुको बिक्रीवितरण बढ्यो

Posted on: 18 Oct, 2017

सरोज यादव | कात्तिक १, सर्लाही | दीपावली र छठ पुजा नजिकिए सँगै सर्लाहीमा बाँस र माटोबाट बनाइएका सामाग्रीहरुको ब्यापार बढेको छ । छठ पर्वमा डोम समुदायले हरियो बाँसबाट विभिन्न सामाग्रीहरु बनाएर बिक्रीगर्ने गरेको छ ।छठमा विशेषगरी बाँसबाट बनाइएका ढकिया, सुपली , डालो , नाँग्लो इत्यादि सामाग्रीहरुको माँग बढी हुनेगरेको भाँडसर -५ स्थित अोरलहिया टोलका जगदीश मल्लीले बताउनुभयो । 

चाडपर्व को बेला त्यसता सामाग्रीहरु बेचेर राम्म्रै कमाइ हुने गरेको मल्लीले भने । डोम समुदायले बाँसको सामाग्री बनाएर जिल्लाको सदरमुकाम मलंगवा , बरहथवा, बयलबास, गोडैता, लालबन्दी , नवलपुर, हरिवन, हरिपुर्वा , कौडेना तथा सिमापारी सोनबर्षा , कन्हौली लगायतका बजारहरुमा बिक्रीको लागि लाने गरेका छन् ।


बाँसबाट बनाइएका सामाग्रीहरु पुजापाठको लागि पवित्र मानिएको ले यसको माँग रखपत बढी मात्रामा हुने गरेको राजपा नेपाल सर्लाहीका उपाध्यक्ष राजकुमार रायले बताउनुभयो । त्यसैगरी दिपावली र छठपर्व नजिकिए सँगै कुमालेहरुले माटोबाट बनाइएको सामाग्रीहरुको पनि बिक्री बढेको छ।अहिले सर्लाहीका साना ठुला बजारहरुमा माटोको दियो, ढकनी , गाग्री,माटोको हात्ती , सामाचकेबाको मुर्ती तथा लक्ष्मी गणेशको मुर्ति इत्यादि सामाग्रीहरुको बिक्री बढेको छ ।

अफ सिजनमा माटोबाट बनाइएका सामाग्रीहरुको खासै माँग नभए पनि दिपावली र छठमा यसको बिक्री बढी हुने गरेको गोडैताका कुमाले( कुम्हार) रामध्यान पंडित ले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!