सर्लाहीमा कालोबजारी ! चाडवाडको बेला पनि बजार अनुगमन हुन सकेन

Posted on: 18 Oct, 2017

सरोज यादव | कात्तिक १, सर्लाही | सर्लाहीका सबैजसो बजार क्षेत्रमा दशैं-तिहारको बेला पनि अनुगमन हुन नसकेपछि उपभोक्ताहरु मर्कामा परेका छन् । 

चाड पर्वको बेलामा जिल्ला विभिन्न बजारमा अखाद्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यसतर्फ प्रशासनको ध्यान जान नसकेको उपभोक्ताहरुले बताएका छन् । अनुगमन नहुँदा बजारमा पाईने सामानहरु म्याद गुज्रेका, अखाद्य समानहरु वितरण भईरहेको गुनासो बढ्दै गएको छ ।

जिल्लाको सदरमुकाम मलंगवा , हरिवन, नवलपुर, बरहथवा, वयलवास, लालबन्दी, कौडेना,गोडैता, संग्रामपुर, कर्मैया लगायतका प्रमुख बजारमा बजार भाउमा समेत पसलै पिच्छे भाउ फरक रहेको छ । यि ठाउ लगायत ग्रामीण क्षेत्रका स ( साना बजारहरुमा पनि कालो बजारी बढेको हो ।

सम्बन्धित निकायको गैरजिम्मेवारी पनको कारणले गर्दा प्रत्येक वर्ष चाडवाड को बेला उपभोक्ता हरुलाइ ब्यापारीहरुले गर्ने कालोबजारी को मार सहनुको साथै अखाद्य सामाग्री को प्रयोग गर्न बाध्य हुनुपरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!