सर्लाहीको राजघाटबाट बेवारिसे सालको रुखको गोलिया बरामद

Posted on: 20 Dec, 2017

सरोज यादव | पुस ५, सर्लाही | प्रहरीले सर्लाहीको राजघाटबाट बेवारिसे अवस्थामा रहेको तीन थान सालको रुखको गोलिया बरामद गरेको छ । 

बागमती नगरपालिका वडा न - ८ स्थित बागमती नदीको किनारबाट मंगलबार दिउँसो ६० क्युफिट को १ लाख २० हजार रुपैया मुल्य बराबरको सालको गोलिया बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरी चौकी राजघाट र रौतहटको चन्द्रनिगाहपुर बाट खटेको संयुक्त प्रहरी टोलीले उक्त गोलियाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरामद गरिएको तिनवटै सालको गोलियाहरु आवश्यक अनुसन्धानको लागि इलाका वन कार्यालय चन्द्रनिगाहपुर लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!