नयाँ शैक्षिकसत्र सुरु भएको दुइ महिना हुनैलाग्दा सर्लाहीमा पुस्तक अभाव

Posted on: 21 May, 2018

जेठ ७, सर्लाही | सर्लाहीका सबैजसो नगरपालिका र गाउँपालिका का विद्यालयहरुमा जेठ महिना लाग्दा समेत पाठ्यपुस्तकहरु पर्याप्त मात्रामा पुग्न सकेको छैन् । 

कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको अभावमा विद्यालय गईरहेका छैनन् भने कोही गइहाले पनि विधालयको पुरा घण्टी पढाई हुँदैन ।यसको मुख्य कारण पाठ्यपुस्तकको अभाव रहको अविभावकहरुले बताएका छन् । अघिल्लो वर्ष सम्म विद्यालयले नै पाठ्यपुस्तक वितरण गर्दै आए पनि यस वर्ष देखि कतिपय नगरपालिका र गाउँपालिकाले आफै पाठ्यपुस्तक वितरण गर्ने भए पछि यस भित्र हुने आर्थिक चलखेल र कमिसनको कारण नयाँ शैक्षिक सत्र सुरुभएको महिना दिन भन्दा पनि बढी भइसक्दा अहिले सम्म विद्यार्थीहरु पुस्तक विहिन छन् , अविभावकहरुको आरोप छ । 

जिल्लाका सुगम मानिने सदरमुकाम मलंगवा ,बागमती, हरिवन, लालबन्दी ,बरहथवा र ईश्वरपुर, जस्ता नगरपालिकामा पनि पाठ्यपुस्तकको सेट अहिले सम्म नपुगेको नेपाल शिक्षक संघ हरिवनका सचिव शिक्षक नेत्रविक्रम कार्कीले बताएका छन् । यस विषयमा स्रोत केन्द्रका स्रोत व्यक्तिहरु सँग बुझ्दा शिक्षाको अधिकार स्थानिय सरकारमा आए पछि विद्यालयका कतिपय क्रियाकलापमा नगरपालिकाले नै हस्तक्षेप गरेका कारण पाठ्यपुस्तकमा ढिलासुस्ती भएको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सर्लाहीका अध्यक्ष नेरेन्द्र यादवले ,“ पाठ्यपुस्तक समयमा नपुगेको स्विकार गर्दै झन् बोर्डरतिरका गोडैता र बलरा नगरपालिकामा पाठ्यपुस्तक पुगेकै छैन।यो सब नगरपालिकाको कमिकमजोरी ले गर्दा भएको उहाँले भन्नुभयो । यदि शैक्षिक सत्र शुरु हुनु पहिलै विद्यालय र नगरपालिका बीच समन्वय गरिने हो भने समास्याको हल निकाल्न सकिन्छ यसरी समयमा पाठ्यपुस्तक नपुगेर बालबालिकाकोहरुको पठार्ईमा बाधा उत्पन्न हुदैन थियो ,अध्यक्ष यादवले भने ।

नगरपालिकाले अहिले सम्म लगेको पाठ्यपुस्तकको भुक्तानी नगरेकाले थप पाठ्यपुस्तक ल्याउन नसकेको पुस्तक विक्रेताहरुले बताएका छन् । उता जनक शिक्षा सामग्री केन्द्र जनकपुरले सबै पाठ्यपुस्तकहरु उपलब्ध भैसकेको र स्टकमा पनि पर्याप्त पाठ्यपुस्तक रहेको जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!