सर्लाहीमा आफ्ना दुई छोरालाइ विष खुवाएर आमाद्वारा आत्महत्या

Posted on: 06 Jan, 2017

पुस २२, सर्लाही । सर्लाहीको पिपररियामा तीन छोरीलाई विष खुवाएर आमाले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन् ।

बरहथवा-११ हिरापुरमा किराना पसल सञ्चालन गर्दै आएकी २२ वर्षकी सबिता पालले बिहीबार दिउँसो ५ वर्षका छोरा अमन र ३ वर्षका पि्रन्सलाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

विष सेवनबाट सविता र अमनको मृत्यु भएको छ भने पि्रन्सको अवस्था चिन्ताजनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । सविताले किन छोराहरुलाई विष खुवाएर आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । -राजधानी दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!