व्यवस्थापन समिति चयनमा विवाद हुँदा झडप, दर्जनबढी घाइते

Posted on: 11 Feb, 2017

माघ २९, सर्लाही । सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर दुई पक्षबीच विवाद हुँदा भएको झडप एक दर्जनभन्दा बढी अभिभावक घाइते भएका छन् ।

डुमरियास्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको विषयलाई लिएर शुक्रबार कांग्रेस सांसद अमरेशकुमार सिंह र तराई मधेस सद्भावना पार्टीका पूर्वसांसद शिवपूजन रायबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास तथा लाठी चार्ज गरेको थियो । सिंह सोही निर्वाचन क्षेत्रका निर्वाचित सांसद हुन् भने डुमरियाका राय पहिलो संविधानसभामामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

व्यवस्थापन समिति सदस्य छान्ने क्रममा भागबन्डा नमिल्दा सांसद सिंह र पूर्वसांसद राय पक्षबीच झडप भएको बताइएको छ । विद्यालयले प्रक्रियामै गएर समिति चयन गरेकोले सिंहको मागअनुसार पुनः समिति चयन गर्न रायले नमान्दा झडप भएको हो । 

सांसद सिंहले निर्णय भइसकेको समितिलाई नमान्ने धम्की दिएपछि झडप भएको रायले आरोप लगाएका छन् । धम्कीपूर्ण शैलीमा सिंह र उनका कार्यकर्ता प्रस्तुत भएपछि स्थानीय आक्रोशित भएर प्रतिकारमा उत्रेको रायले जनकारी दिए । फाइल तस्बिर

यस बिषयमा तपाइको प्रतिक्रिया...!