सर्लाहीमा भारी मत अन्तरले एमालेलाई हराउँदै माओवादी विजयी

Posted on: 22 Sep, 2017

असोज ६, सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा भारी मत अन्तरले एमालेलाई हराउँदै माओवादी केन्द्र बिजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापा ७ हजार २८१ मत ल्याएर मेयर पदमा विजयी छन । उनले नेकपा एमालेका बिष्णु पुलामीलाइ २ हजार ९३८ मतले पछिपार्दै मेयर पदमा बिजयी भएका हुन् ।

एमालेका बिष्णु पुलामीले ४ हजार ३४३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर बिजयी भएका छन् ।

उनले एमालेका उपमेयरका उम्मेदावर बिना नेपाललार्इ १ हजार ६३३ मतले पछिपार्दै बिजयी भएका हुन् । बिना नेपालले ४ हजार ७७१ मत प्राप्त गरेकी छन् । 

यस अघि नेपाली कांग्रेसले ४, राजपाले २, संघीय समाजवादी फोरम नेपालले १, लोकत्रान्त्रिक फोरमले १ स्थानमा बिजयी हासिल गरिसकेको छ ।

जसमा नेपाली कांग्रेसले बसवरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका र हरिपुर्वा नगरपालिका जितेको छ । राजपाले नेपालले कैडेना गाउँपालिका र ब्रह्रपुरी गाउँपालिका जितेको छ ।

यस्तै संघीय समाजवादी फोरमले पर्सा गाउँपालिका र लोकत्रान्त्रिक फोरमले बिष्णु गाउँपालिकामा बिजयी हासिल गरेका छन भने नेकपा एमालेले अहिलेसम्म  खाता खोल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!