माओवादीको १४ औं जित (१४ स्थानकै सुची सहित)

Posted on: 22 Sep, 2017

असोज ६, सर्लाही | सर्लाहीको बागमती नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापा ७ हजार २८१ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका बिष्णु पुलामीलाइ २ हजार ९३८ मतले पछिपार्दै मेयर पदमा बिजय हुनुभएको हो ।

एमालेका बिष्णु पुलामीले ४ हजार ३४३ मत ल्याउनु भएको छ। त्यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर बिजय हुनुभएको छ।

उहाँले एमालेका उपमेयरका उम्मेदावर बिना नेपाललार्इ १ हजार ६३३ मतले पछिपार्दै बिजय हुनुभएको हो। बिना नेपालले ४ हजार ७७१ मत ल्याउनु भएको छ। 

अहिलेसम्म माओवादीले कहाँ-कहाँ जित्यो ? 

१. हरिनारायण चौधरी (मेयर) धनगढी नगरपालिका (सिराहा) ५६८३

२. मनोज कुमार न (प्रमुख) छिपहरमार्इ गाउँपालिका (पर्सा) २८५१

३. अशोक कुमार मंडल (मेयर) रामगोपालपुर नगरपालिका (महोत्तरी) २९४४

४. श्रीप्रसाद मुखिया विन (प्रमुख) यमुनामाई गाउँपालिका (रौतहट) २१७९

५. श्रवणकुमार यादव (मेयर) मिर्चैया नगरपालिका (सिराहा) ४७३६

६. फारूक शेख (प्रमुख) साम्सी गाउँपालिका (महोत्तरी) २३२८

७. शिभनाथ महतो (मेयर) गौशाला नगरपालिका (महोत्तरी) ५९४४

८. सिद्धार्थ यादव (प्रमुख) औरही गाउँपालिका (सिराहा) २६५८

९. अशोककुमार यादव (प्रमुख) अर्नमा गाउँपालिका (सिराहा) २४३६

१०. रीना कुमारी साह (मेयर) मौलापुर नगरपालिका (रौतहट) ३९१२

११. पदम लाल श्रेष्ठ (प्रमुख) ठोरी गाउँपालिका (पर्सा) २८०२

१२. गंगा पासवान (मेयर) कर्जन्हा नगरपालिका (सिराहा) ४३०९

१३. उदयकुमार यादव (मेयर) शहीदनगर नगरपालिका (धनुषा) ५०९१

१४ भरतकुमार थापा (मेयर) बागमती नगरपालिका (सर्लाही)  ७२८१

यस बिषयमा तपाइको प्रतिक्रिया...!