सर्लाहीबाट ३ लाख ८५ हजार ५७० जनाले मात्र मतदान गर्न पाउने

Posted on: 06 Oct, 2017

सरोज यादव/असोज २०, सर्लाही । स्थानीय तह अन्तर्गतको तीनवटै चरणको निर्वाचन सक्किए लगत्तै आउँदो मंसिर २१ गते हुन लागिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सर्लाहीबाट ३ लाख ८५ हजार ५७० जनाले मतदान गर्न पाउने भएका छन् ।

स्थानीय तहको दुई चरणको चुनाव पश्चात् फोटोसहितको मतदाता पत्र बनाउनको लागि १६ वर्ष नाघेका तर नाम दर्ता गराउन छुटपुट भएका हरुको लागि पुनः नाम दर्ता गराउन र फोटो खिचाउन एक महिनाको समय थप गरिएको थियो ।

११वटा गाउँपालिका तथा ९ वटा नगरपालिकामा गरी जिल्ला को २० वटै स्थानीय तह बाट जम्मा १४ हजार ८ सय ३४ जना मतदाता थपिएको हो । जस मध्ये ६ हजार १ सय ९ जना महिला,८ हजार ७ सय २४ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।छुटपुट भएका ब्यक्तिहरु को नामावली दर्ता कार्य गत साउन देखि भदौ महिना को ३ गते सम्म चलेको थियो ।

थप समयमा नाम दर्ता गराउनेहरु लाइ स्थानीय तह अन्तर्गत प्रदेश न-२ को चुनावमा मतदान गर्न दिएको थिएन । अब हुने चुनावमा साबिक को र हालको गरि दुवै किसिमको मतदाताहरुले भोंट खसाल्न पाउने जिल्ला निर्वाचन कार्यालय सर्लाही ले जनाएको छ । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को चुनावमा सर्लाही मा २ लाख ९५ हजार ६६ जना पुरुष ,१ लाख ७५ हजार ९सय ९६ महिला र ८ जना तेस्रो लिङ्गी मतदाताहरु रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!