सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभामा बाउ छोराको यस्तो संयोग

Posted on: 15 Jan, 2018

सरोज यादव | माघ १, सर्लाही | सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बिक्रम यादवको अध्यक्षता एवं क्षेत्र न-३ प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री अध्यक्ष बिक्रम यादवकै बुवा रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्पन्न भएको हो । सो सभामा गापा अध्यक्ष यादवले आर्थिक वर्ष २०७४/०७५ को लागि २७ करोड १० लाख ७१ हजार ५०५ रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँ पालिकाको आफ्नै प्रांगणमा भएको उक्त सभामा बिधायक डिल्ली प्रसाद उप्रेती ,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी , कौडेना गापाका अध्यक्ष रामप्रसाद राय,शसस्त्र प्रहरीका एस.पी रवीन्द्र ठाकुर , नेकपा एमाले हरिवनका चुडामणी वाग्ले, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेस दास,अनुसंधानका प्रमुख , चक्रघट्टा गापा वडा न १ देखि ९ का अध्यक्ष /सदस्य , स्थानीयबासी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रको समाप्ति सँगै गापा को सबै वाडहरुको वाड अध्यक्ष एवं जननिर्वाचित प्रतिनिधिहरुको सहभागीतामा बन्द सत्र मार्फत प्रस्तावित योजनाहरुमा बजेट बाँडफाँड गरिने गापाकी उपाध्यक्ष यशोधा देवी यादवले साझासवाललाई  जानकारी दिनुभयो ।

पहिलो पटक छोराले अध्यक्षता गरेको कार्यक्रममा बुवाको प्रमुख आतिथ्यता रहेको साथै छोराले बुवालाइ दोसल्ला ओढाएर सम्मानित गरेको दृश्यलाई देखेर कार्यक्रम स्थल केही समयको लागी भावविभोर भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!