कांग्रेस र राजपाले गरे संसद अवरुद्ध

Posted on: 09 Jul, 2019

 असार २४,  काठमाडौं । प्रमुख  विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनालाई लिएर संसद अवरुद्ध गरेका छन् | मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ  प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन मागगरे ।

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए | 

सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!