सर्लाही जिल्लामा शीत लहर सम्बन्धि सार्वजनिक अपिल

Posted on: 19 Dec, 2016

पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्वजनिक अपिल गरेको छ । 

सर्लाहीका  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल मार्फत आएको उक्त सार्वजनिक अपिलमा निम्न बिषयहरुमा ध्यान दिन सरोकारवाला र जिल्लावासीहरुमा एवं आम जिल्लावासीलाई अनुरोध गरेको छ ।

१.  हुनेले नहुने छिमेकी वा अन्यत्र स्थानका विपन्नलाई लक्षित गरी संबन्धित न.पा. / गा.वि.स. वा नजिकको प्रहरी निकाय सँग समन्वय गरी न्यानो कपडा / कम्बल वितरण गरौं ।

२.   चिसोबाट बच्ने उपायका संबन्धमा स्थानीय स्वास्थ्यकर्मी सँग समन्वय गरी सचेतनात्मक कार्यक्रम चलाऔं ।

३. नयाँ न्यानो कपडा / कम्बल वितरण गर्न चाहने इच्छुक दाता वा निकायले जिल्ला प्रशासन कार्यालयमा संपर्क राख्नुहोस् ।

४.  वन उपभोक्ता समितिहरुले स्थानीय निकाय वा नजिकको प्रहरी यूनिटसँग समन्वय गरी विपन्नका लागि बाल्ने / ताप्ने दाउरा उपलब्ध गराई सहयोग गरौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!