छोरो जेल परेको रहेछ, र पो नराम्रो सपना देखेंछु

Posted on: 02 Jan, 2017

पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मेरो आग्रह छोराले सुन्यो ।

उसले तपार्इंले सामाचार लेखिदिएको भोली पल्टै फोन गर्‍यो । उसले मसँग मात्रै होइन उसकी आमा, श्रीमती अनि छोरासँग पनि फोनमा कुरा गर्‍यो । उसले समाचार बनाइरहनु पर्दैैनथ्यो म आइहाल्थें नि भन्यो । मैले बुढा भएका हामी र तेरो छोराको फोटो देखेपछि तैंले मायाले फोन गर्छस भन्ने लागेर समाचार लेख्न लाएको थिएँ भनें । तर उसले आफू सम्पर्कविहिन हुनुको कारण सुनाउँदा मेरो आङै जिरिङ भएर आयो ।

ऊ डेढ वर्ष अघि जेल परेछ । काम गर्दै गरेको कम्पनि छोडेर अर्को कम्पनीमा काम गर्दा आफू जेल परेको भन्दै छोराले एक महिना अघि मात्रै जेलबाट छुटेको बतायो । भागेर काम गरेकाले पहिलाको पासपोर्ट ऊसँग रहेनछ ।

त्यसैले यो महिनाभरीमा प्रक्रिया मिलाएर घर आउँछु भनेको छ । मैले फोनमा छोरासँग बोल्दै गर्दा उसकी आमा रुँदै थिइ । त्यसैले ऊसँग पनि बोल्न दिएँ । फोनमा बोलेपछि उसकी आमा अहिले मलाई त छोरा घर आइसके जस्तो भएको छ भन्दै धेरै खुशी भएकी छे । अहिले त दिनमा दुई तीन पटक फोन गरिरहेको छ । उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!