सर्लाहीमा वन कर्मचारीको मिलेमतोमा वन तस्करी

Posted on: 10 Feb, 2017

माघ २८, सर्लाही । सर्लाहीमा वन कर्मचारीको मिलेमतोमा वन तस्करी बढेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सेक्टर वन कार्यालय मूर्तिया अन्तर्गतका वन क्षेत्रमा काठ तस्करी बढेको हो । मूर्तिया सेक्टर वन कार्यालय अन्तर्गत पर्ने मूर्तिया, जानकीनगर, घुर्कौली र ढुंगे्रखोलामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वनहरुबाट काँचो सालको काठ चोरी हुन थालेको हो । 

सामुदायिक वन र साझेदारी वनको बिषयमा स्थानीय उपभोक्ता र जिल्ला वन कार्यालयको कुरो नमिल्दा वनमा तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ छ । तस्करले अहिले दैनिकजसो सालका काँचा गोलिया तस्करी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । खुलेयाम तस्करी भइरहँदासमेत वन कार्यालयले कुनै चासो देखाएका छैनन् । 

काठ तस्करीमा ठूलो गिरोह नै सक्रिय भएपछि नियन्त्रण गर्न नसकिएको स्थानीय बासिन्दाको भनाई छ । केही दिनअघि मात्रै अवैध ढंगले काठ काटेर लाँदै गरेको तीन ट्याक्टर काठ प्रहरीले सर्लाहीको बरहथवाबाट समातेको थियो । काठ तस्कर हुँदै बाहिरिएको भन्दे स्थानीय बासिन्दाले गुनासो गरिरहे पनि सेक्टर वन कार्यालय मूर्तियाका प्रमुख मणिराम पौडेलले भने काठ तस्करी नभएको बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!