ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु, एक जना घाइते

Posted on: 21 Jun, 2017

असार ७, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-७ मुसैलीमा बुधबार ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक महिला घाइते भएकी छन् । 

दुर्घटनामा विष्णु गाउँपालिका-११ फूलपरासीकी ४० वर्षकी सखिया देवी रायको ज्यान गएको प्रहरीले जनाएको छ । मलंगवाबाट बी आर ३० इ ४६८९ नम्बरको मोटरसाइबाट घर जाँदै गर्दा ना ४ ख २३०३ नम्बरको ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

दुर्घटनामा सखिया देवीकी बुहारी २२ वर्षकी रन्कु कुमारी यादव गम्भीर घाइते भएकी छन् । उनलाई मलंगवामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठइएको छ । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!