सर्लाहिको उतरी क्षेत्रका अधिकांश ईनारहरु सुक्न थालेपछि पानीको हाहाकार

Posted on: 08 Aug, 2017


सरोज यादव/साउन २४, सर्लाही । सर्लाहिको उतरी क्षेत्रमा पर्ने अधिकांश गाउँका ईनारहरु सुक्न थालेपछि पानीको हाहाकार मच्चीएको छ । 

अघिल्लो वर्षभन्दा करिब चार महिनाअघि नै जमिन मुनिको पानीको सतह घट्दै जादा चुरे क्षेत्रको अधिकांश गाबिसको ईनार सुक्न थालेको छ । जिल्लाको उतरी क्षेत्रका गाउँहरुमा भएको ईनारहरु सुक्न थालेपछि उत्तरी भेगमा खानेपानीको हाहाकार मचिएको छ ।

पूर्व–पश्चिम लोकमार्गदेखि उत्तरतर्फका हरिवन नगरपालिकासहित अन्य गाविसमा पानीको हाहाकार मचिएको हो ।  पिउने पानी तथा अन्य घरायसी प्रयोजनका लागि प्रयोग हुने पानीको समेत अभाव भएपछी स्थानीय गाउवासि को जनजीवन निकै कष्टकर बनेको छ ।

पिउने पानी तथा अन्य घरायसी प्रयोजनका लागि प्रयोग हुने पानीको समेत अभाव भएपछी स्थानीय गाउवासि को जनजीवन निकै कष्टकर बनेको छ  । इनारमा पलाएको थोरै पानी भर्न हरिवन  नगरपालिका स्थित अत्रौली १ भोक्टेनीमा बिहान ३ बजेदेखि नै तँछाडमछाड हुने गरेको स्थानीय गाउँका अगुवा बिनोद यादवले बताए । उनले भने, ‘यसरी भरिएको पानीसमेत हिलो र लेदो मिसिएको हुन्छ । त्यस्तो पानी पिएको कारण गाउँका मानिस आउँ र झाडापखालाबाट बिरामी हुन थालेका छन् ।’


हरिवन नगरपालिका भोक्टेनी गाउँमा भएका १९ वटा इनारमध्ये अहिले कुनै पनि इनार सञ्चालनमा छैनन् । एक दुईवटा सन्चालनमा आएको भएपनी धमिलो पानी आएको पिडित दुखा महतोले  बताए । स्थानियवासिका  अनुसार अहिले तीन किलोमिटर टाढा रहेको सासापुर बाट खानेपानी ल्याउनु परिरहेको छ ।

गेलहा घर भएका गुद्री  यादवले अत्रौली गाविस १ भोक्टेनी गाउँका र सोही गाविस सुडियबा टोलका घरैपिच्छे परिवारका एक–दुईजना खानेपानी लिन निकै टाढा पुग्ने गरेको बताए । ‘कोही साइकलमा त कोही टाउकोमा पानीको भाडो बोकेर ल्याउँछन्,’ उनले भने ।


चुरेको छेउमा घर भएका केहीले चुरेको काखमा अवस्थित कुवाको पानी खाने गरेका छन् । तर, पानी फोहोर भएका कारण त्यहाँ झाडापखाला, रुघा, खोकी, ज्वरोजस्ता रोग फैलिएको स्थानीय सञ्चारकर्मी सानू बलले बताए । उनले भने ‘भैँसी र मानिस दुवै कुवामा नुहाउनुपर्दा जिउ चिलाउने, खटिरा आउनेजस्ता लक्षण देखिएको छ ।

यस ठाउँका वासीलाई खाने पानीको यति समस्या भएपनी सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानिय गाउका महिला अगुवा राजकली देविले आरोप लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!