सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

Posted on: 09 Aug, 2017

सरोज यादव/साउन २५, सर्लाही । पुर्व पश्चिम राजमार्ग अनतर्गत सर्लाहीको  लालबन्दीमा मोटरसाइकलको ठक्करबाट गएराती एकजनाको ज्यान गएको छ । 

दुर्घटनामा लालबन्दी नगरपालीका कार्यालयमा गाडि चालकको काम गर्ने लालबन्दी नगरपालिका - ६ का ४२ वर्षीय चन्द्रबहादुर थापाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

लालबन्दी बाट परवानिपुर जाँदै गरेको ज १ प  ९७८४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएको थापालाई गढिमाई अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा सिन्धुलीको खुर्कोट्मै मृत्यु भैसकेको  परिवार स्रोतले जनाएको छ । कार्यालयमा गाडी राखेर घर जाने क्रममा जनवादी चौक अगाडि थापालाई मोटरसाइकलले ठकर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक परवानिपुर ८    भुमरा बस्ने २० वर्षीय श्याम श्याङ्बो र पछाडी बसेका सोही ठाउँका बिचारमान योन्जन घाईते भएका छन् ।

घाईते श्याङ्बोको समान्य उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको हो ।

बिचारमानको गढिमाई अस्पताल लालबन्दीमा उपचार भईरहेको छ । धेरै रक्सी सेवन गरि तिब्र गतिमा मोटरसाइकल चलाउदा दुर्घटना भएको लालबन्दीका प्रहरी निरिक्षक शेष अदालतले जानकारी जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!