भारी बर्षाका कारण सर्लाहीको जनजीवन प्रभावित

Posted on: 10 Aug, 2017


सरोज यादव/साउन २६, सर्लाही । गएराती भएको भारी बर्षाका कारण सर्लाहीको दक्षिणी क्षेत्रको जनजीवन प्रभावित भएको छ । 

अबिरल बर्षा संगै सर्लाही सदरमुकाम मलङ्वा लगायत आसपासका विभिन्न गाउँहरु जलमग्न बनेको छ । भारी बर्षाले जिल्ला अस्पताल  मलङ्वा सहित दक्षिणी भेगमा लगातार बर्षा हुदा डुवान भएको  हो । 

नालाको राम्रो ब्यवस्था नहुदा र निकास नहुदा सदरमुकाम मलङ्वाका दर्जनौ घर र सरकारी कार्यालयमा पानी पसेको छ । वर्षा हुने बितिकै सडक हिलाम्य हुदा यातायातका साधनहरु ठप जस्तै भएका छन् ।

यातायातका साधनहरु संचालनमा आउन नसक्दा लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् । सवारी साधनहरु संचालनमा आउन नसक्दा गनतव्यमा निस्केका यात्रुहरु अलपत्र जस्तै बनेका छन् ।


बर्षाका कारण सडक नालीमा पानि ओभर फ्लो हुदा सडकहरु पूर्णरुपमा जलमग्न भएका छन् । सडक जलमग्न हुदा सडक यात्रु तथा सवारी आवागमनमा समस्या परेको छ ।

बर्खायामना बर्सेनि यस्तो समस्या देखे पनी नगरपालिका कार्यालय र अन्य निकायले डुबानको समस्या समाधान गर्न प्रभावकारी काम गर्न सकेका छैनन् । 

गएराती भएको बर्षाले दक्षीण भेगका ग्रामिण सडक र बजार क्षेत्र हिलाम्य भएक छन् । तस्वीर: बिश्वनाथ ठाकुर

यस बिषयमा तपाइको प्रतिक्रिया...!