सर्लाहीमा प्रहरीद्वारा सात बोरा पटाका बरामद

Posted on: 17 Oct, 2017

सरोज यादव | असोज ३१, सर्लाही |  प्रहरीले सोमबार सर्लाहीका विभिन्न स्थान बाट सात बोरा  विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतको सिमावर्ती बजारहरु बाट लुकाइ छिपाइ नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सो परिमाण को पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

जिल्लाको सदरमुकाम मलंगवा , कविलासी,त्रिभुवननगर र हरकठवा बाट बरामद गरिएको उक्त पटाका नष्ट गर्नको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा मा राखिएको छ । प्रहरी द्वारा हिजो सवारीसाधन को चेकजाँच र गस्ती गर्ने क्रममा पटाकाहरु बरामद गरिए पनि तस्करहरु भने प्रहरीलाई देख्नेबित्तिकै भागेको  जिप्रका मलंगवाले बताएको छ ।

दिपावली तथा छठ पुजाको लागि नेपाल भारत को खुल्ला सिमा नाका भएर प्रहरीको आँखा छली दिनहुँ जसो ठुलो परिमाणमा पटाकाहरु भित्रने गरेको छ ।स्थानीय प्रशासनले यस माथि प्रतिबन्ध लगाएपनि नगर तथा गाउँ घरमा रहेका सानातिना पसलहरुमा पटाकाको बिक्री खुलेआम भइरहेको श्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!