सर्लाहीको एक लजमा महिलाको रहश्यमय मृत्यु, श्रीमान बताउने व्यक्ति पक्राउ

Posted on: 04 Dec, 2017

सरोज यादव | मङ्सिर १८, सर्लाही | सर्लाहीको एक लजमा एकजना महिलाको मृत्यु भएको छ । मलंगवा स्थित सिम्रिक लजको एक कोठामा महिलाको रहस्यमय मृत्यु भएको हो ।

गत मंसिर १५ गते शुक्रवारदेखि दिपक दहाल भन्ने ब्यक्ति श्रीमान्–श्रीमती बताएर सिम्रिक लज मलंगवामा बस्दै आएको थियो ।


शुक्रबार काठमाडौंबाट आएका दहाल आफुहरु बिशेष कामले मलङ्वा आएको बताउदै बस्दै आएको थियो ।

तर, अचानक आईतबार विहान दहालसंगैं एउटै कोठामा बस्दै आएको महिला मृत अवस्थामा भेटिएपछि श्रीमान् बताउने दहाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

मृत्युका कारण अहिलेसम्म पता लागेको छैन । तर अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!