सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

Posted on: 20 Feb, 2018

फागुन ८, सर्लाही । सर्लाही मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका – ८ की ६० वर्षीया जयदुल खातुनको मोटरसाइकलको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

सोमबार राति नजिकै रहेको छिमेकीको घर जाँदै गरेको बेला खातुनलार्इ मोटरसाइकलले ठक्कर दिएको हो । घटनामा गम्भिर घाइते भएका उनको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको हो ।

घटनापछि मोटरसाइकल चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!