सर्लाहीको मलंगवामा पोखरीबाट निकालियो एक युवकको शव

Posted on: 21 Feb, 2018

सरोज यादव | फागुन ९, सर्लाही | सर्लाहीको मलंगवा स्थित सहिद चौकमा रहेको मुलाही पोखरीमा आज एक युवा मृत अवस्थामा फेला परेको छ |

मलंगवा १० बस्ने गौरी राउतको २५ वर्षिय छोरा अजय राउतको मृत शरिर रहेको प्रहरीले बताएको छ । मृतक राउत फागुन ५ गते शनिवारदेखि वेपता रहेको मृतकका काका महेन्द्र राउतले बताए ।

आज करिब ११ बजेको समयमा स्थानीयहरु पोखरीको पानी माथि मृतकको लाश देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनाको बारेमा खबर हुनसाथ प्रहरी घटना स्थलमा पुगी छानविन थालेको सर्लाही प्रहरीले  बताईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!