सर्लाहीमा व्यापारीहरु विश्वकप फुटबलमा मस्त, चोरहरु चोरीमा व्यस्त

Posted on: 01 Jul, 2018

असार १७, सर्लाही | सर्लाहीको हरिवनमा मोटरसाइकल चोरीको घटना रोकिए पछि केही दिन देखि पसलको सटर फोडेर मोवाईल चोरीको घटना बढेको छ ।

हरिवन नगरपालिका वडा - ११ स्थित दुर्गा मार्केटमा रहेको स्थानीय समर लामाले संचालन गरेको जेवि मोवाईल एण्ड ईलेक्ट्रोनिक्स सेन्टरबाट नगद ७० हजार सहित ८० हजार बरावरको एउटा ल्यापटप र १३ हजार पर्ने ३० ओटा विभिन्न कम्पनीका झण्डै ३ लाख ९० हजार बरावरको मोवाईल चोरी भएको पसलका संचालक लामाले बताएको छ ।

‘राति टेलिभिजनमा विश्वकप फुटवल हेर्ने क्रममा केही अज्ञात चोरको समुहले पसलको सटर फुटाएर सवै सामान चोरेर लगेको र सो को जानकारी विहान पसल खोल्न आउँदा मात्रै भएको ’ पसलका संचालक लामा दुखित मुद्रामा गुनासो गरे । केही दिन अगाडी पनि यसैगरी अपराधिक युवाहरुको एक समूहले हरिवनकै कुशवाहा मार्केटमा रहेको लक्ष्मी म्यूजिक एण्ड मोबाईल सेन्टरमा बलिरहेका बत्ती निकाली सटर फोडेर मोबाईल लुट्ने कोशिस गरेका थिए, सटरको लक बलियो भएकोले चोरहरु सफल हुन पाएका थिएनन् ।लामाको पसलमा चोरी गर्ने चोरहरु पाँच जनाको समुहमा रहेको सिसिटिभी क्यामराले खिचेको भिडियोमा प्रष्ट रुपमा देखिएको प्रहरीले जनाएको छ । 

चोरीको घट्नाको विषयमा अनुसन्धान र चोरहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले विष्फोटलाई जानकारी दिएको छ । अहिले फुटबलको विश्वकप खेल चलिरहेकोले स्थानीयबासीहरु राति मैच हेर्नमा मग्न भएको मौका पारी चोरहरु निर्धक्कका साथ चोरीका घटना घटाउने गरेका छन् , स्थानीय एक गहना पसलका संचालक शम्भु साह सोनारले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!