प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

Posted on: 29 Aug, 2018

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । 

नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

सामाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको भन्दै उहाँले समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश २ ले पूरा गर्ने दावी गर्नुभयो । मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिका लागि मारवाडी समुदायको लगानी र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 

मारवाडी समुदायको विभिन्न आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग रहँदै आएको प्रशङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री रावतले आफ्नो अधिकारका लागि अब मारवाडी समुदाय पनि राजनीतिमा आउनुपर्ने सुझाव दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!