सर्लाहीबाट गाँजासहित एक किशोर पक्राउ

Posted on: 22 Mar, 2019

चैत ८, सर्लाही | होलीको मौका छोपी पाँच किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला रानीसेरा गाउँपालिका– १ बस्ने १८ वर्षीय पालसाङ बम्जन रहेका छन् । 

लालबन्दी नगरपालिका–२ जुटपानी बस बिसौनीस्थित प्रहरीले जाँच गर्दा रातो क्रेटभित्र टमाटरसँगै हरियो प्लाष्टिकले बेरेर पाँच किलो गाँजा लैजाँदै गरेको अवस्थमा फेला परेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!