सर्लाहीमा गाडेको अवस्थामा एक महिलाको शव फेला

Posted on: 26 Mar, 2019

चैत ११, मलंगवा । सर्लाहीको कविलासी नगरपालिका ७ गैरबजार भन्दा पूर्वमा रहेको झिम खोलामा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

बालुवामा गाडिएको अवस्थामा खोलामा निर्माणधीन अवस्थामा रहेको पुल नजिकै २५/३० वर्षको देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

 केही दिन पहिले मात्र शवलाई गाडेको हुन सक्ने प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन।

अत्याधिक गन्हाउन थालेपछि स्थानीयले सशस्त्र प्रहरीलाई खबर गर्दा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो।

पोस्टमार्टमका लागि शवलाई निकालेर  मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको  छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!