सर्लाहीमा बँदेलको आक्रमणबाट ७ जना घाइते

Posted on: 16 Apr, 2019

बैशाख ३, सर्लाही | सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।

सोमबार जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका चक्रघट्टा गाउँपालिका -७ का ६० वर्षीय भुईला महतो, ४२ वर्षीय रामनरेश महतो, १५ वर्षीय संजय सहनी ,७ वर्षीय मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् ।

बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!