सर्लाहीबाट पेस्तोलसहित १ जना भारतीय नागरिक पक्राउ

Posted on: 10 Dec, 2019

मंसिर २४, सर्लाही | सर्लाहीको  बिष्णु गाउँपालिका– २ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् | भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो |

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई पक्राउ गरेको हो |

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!