सर्लाहीमा बस दुर्घटना हुँदा तीन जना घाइते

Posted on: 29 Jan, 2020

माघ १५, सर्लाही | सर्लाहीमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् | जिल्लाको  पूर्वपश्चिम राजमार्ग अन्तर्गत इश्वरपुर–१२ डाँका चोकमा बुधवार विहान ४ बजे बस पल्टिदा तीन जना यात्रु घाइते भएका हुन् | 

भैरहवाबाट विरानगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ पल्टिँदा बसमा सवार भारत सुबोल जिल्लाका २२ वर्षका नितेश यादव, विराटनगरका २४ वर्षीय ज्योति लिम्बु र सिरहा गढिमाइ नगरपालिका १३ निवासी २४ वर्षका राम सुबो यादव घाइते भएको प्रहरीले जनाएको छ |

दुर्घटनामा घाइतेको उपचारका लागि बर्दिवास पठाइएको छ | बस चालक भने फरार रहेका छन् |घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!