सर्लाहीमा पानीका कारण क्यान्सर भएपछि पानी परीक्षण सुरु

Posted on: 01 Mar, 2020

फागुन १८, सर्लाही | सर्लाहीमा क्यान्सरका बिरामी बढेपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हरिवन नगरपालिका-५, घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलमा पानी परीक्षण सुरु गरेको छ |

साढे दुई वर्षको अवधिमा २६ जनाको ज्यान जानेगरी तीन वटै टोलमा क्यान्सर रोगका बिरामी बढेपछि आयोजनाले पानीको परीक्षण सुरु गरेको हो | दूषित पानीका कारण क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र साहले बताएका छन् |

क्यान्सरपीडित तथा ज्यान गुमाउने धेरैलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले बताएका छन् | दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीले बताएका छन् |

सञ्चारमाध्यममा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायत सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको आयोजनाका सिडिइ राजेश कुशवाहले बताए |

पानीमा देखिएको आर्सेनिकका कारण स्थानिय बान्सिान्दाको स्वास्थ्यमा असर परेकोले उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!