प्रदेश नं २ मा कोरोनाबाट दुईको मृत्यु, ३९० सङ्क्रमित

Posted on: 23 Aug, 2020

भदौ ७, धनुषा | प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । 

यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

योसमेत गरी प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । यसका साथै, पछिल्लो २४ घण्टामा धनुषामा ६० जना, पर्सामा १३९ जना, बारामा ३९ जना, महोत्तरीमा ३४ जना, रौतहटमा नौं जना, सप्तरीमा चार जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जना गरी ३९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । योसमेत गरी यस प्रदेशमा  कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ९१० पुगेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!