सर्लाहीबाट ६ जना जुवाडे पक्राउ

Posted on: 04 Nov, 2020

कार्तिक १९, सर्लाही | मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले  सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय शम्भु सिंह, वडा नम्बर १६ का ३० वर्षीय मनोज राय, वडा नम्बर ५ का ३८ वर्षीय महमद हुसेन कवाडी,  वडा नम्बर ६ का ४२ वर्षीय राम प्रवेश महतो, वडा नम्बर ७ का ३८ वर्षीय दिनेश साह र ५५ वर्षीय रामानन्द दासलाई ६० हजार ९ सय ९५ रुपैयाँ नेपाली र ५ हजार २ सय भारतीय रकमसहित पक्राउ गरेको प्रहरी प्रवक्ता कुँवरले बताए |

उनीहरूलाई प्रहरीले कानुनअनुसार कारवाही गर्ने बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!